Saturday, 28, November, 2020 info@saipalnews.com

उपत्यकामा आज थपिए ८४३ नयाँ कोरोनाका बिरामी

काठमाडौं १२ कात्तिक | काठमाडौं उपत्यकामा आज थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका  ६९६, ललितपुरका ११८ र भक्तपुरका २९ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।