Thursday, 25, February, 2021 info@saipalnews.com

नेपालमा आज थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि, थप ११ को मृत्यु

काठमाडौंं १२ कात्तिक | नेपालमा आज थप १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख २१ हजार ८२४ रहेको छ भने हालसम्म ८८७ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ११ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।