Sunday, 28, February, 2021 info@saipalnews.com

कोभिड-१९ सम्बन्धी स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रीफिङ अबदेखी आइतबार र बुधबार मात्रै हुने

काठमाडौंं १२ कात्तिक | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ अबदेखी आइतबार र बुधबार मात्रै भएको छ ।

दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले बताए ।