Wednesday, 25, November, 2020 info@saipalnews.com

नेपालमा आज थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ को मृत्यु

काठमाडौंं १३ कात्तिक | नेपालमा आज थप २ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख २४ हजार ८६२ रहेको छ भने हालसम्म ९०४ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १७ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।