Wednesday, 25, November, 2020 info@saipalnews.com

उपत्यकामा आज एकैदिन १४१५ नयाँ कोरोनाका बिरामी थपिए

काठमाडौंं १३ कात्तिक |  काठमाडौं उपत्यकामा आज थप १ हजार ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका  ११३८, ललितपुरका १८० र भक्तपुरका ९७ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।