Sunday, 17, January, 2021 info@saipalnews.com

नेपालमा आज थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि, थप १६ को मृत्यु

काठमाडौंँ १४ कात्तिक | नेपालमा आज थप ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ भने हालसम्म ९२० जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १६ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।