Sunday, 28, February, 2021 info@saipalnews.com

उपत्यकामा आज एकैदिन १८८८ जना कोरोनाका बिरामी थपिए

काठमाडौंं १४ कात्तिक |  काठमाडौं उपत्यकामा आज थप १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका  १५०८, ललितपुरका २४९ र भक्तपुरका १३१ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।