Thursday, 03, December, 2020 info@saipalnews.com

विवाहको भोज खादा बिमारी हुनेको संख्या २४ पुग्यो

कञ्चनपुर १५ कात्तिक । कञ्चनपुरमा विहेको भोज खादा बिमारी हुनेको संख्या २४ जना पुगेको छ । शुक्रबार जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका थिए । भोज खाएका मध्ये १६ जना स्थानिय शुत्रबार नै बिमारी परेका थिएभने शनिबार थप आठ जना बिमारी थपिएका छन् ।

बिमारी परेका सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ । फूड प्वोईजन भएको चिकित्सकले बताएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।