Saturday, 23, January, 2021 info@saipalnews.com

रेडियो नेपालका पूर्वउपनिर्देशक थापाको निधन

काठमाडौं १५ कात्तिक । रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ ।ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार उनको निधन भएको हो ।३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेका थापाले २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक प्राविधिकतर्फ पदबाट अनिवार्य अवकाश पाएका थिए । थापाका श्रीमती र दुई छोरा छन् ।