Saturday, 23, January, 2021 info@saipalnews.com

काठमाडौंँँ उपत्यकामा आज एकैदिन १३५७ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौंं १५ कात्तिक |  काठमाडौं उपत्यकामा आज थप १ हजार ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका १११३, ललितपुरका १९५ र भक्तपुरका ४९ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।