Sunday, 28, February, 2021 info@saipalnews.com

नेपालमा आज थप २८२४ जनामा कोरोना संक्रमण, थप २३ को मृत्यु

काठमाडौंं १६ कात्तिक | नेपालमा आज थप २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ भने हालसम्म ९६० जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २३ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।