Sunday, 28, February, 2021 info@saipalnews.com

तीन राजदूतबाट शपथ ग्रहण

काठमाडौं १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी बेल्जियम, तापस अधिकारी पाकिस्तान र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।  सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।