Thursday, 03, December, 2020 info@saipalnews.com

कैलालीमा जिप दुर्घटना १५ जना घाइते

धनगढी १६ कात्तिक । कैलालीको पहाडी गाउँपालिका मोहन्यालको बासपानीमा सुदूरपश्चिम १०० च २६२३ नम्बरको जिप दुर्घटना भएको छ । दुर्घटनामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले जानकारी दिए ।

डिएसपी विष्टका अनुसार मोहन्याल २ का ४० वर्षीय कविराज भण्डारीको अवस्था चिन्ताजनक छ । घाइते हुनेहरुमा घोडाघोडी ८ का खडक रावल, मोहन्याल ४ का भागरथी बोहरा, दिपाकुमारी बोहरा, धनगढीका तपेन्द्र लगायत छन् ।