Thursday, 26, November, 2020 info@saipalnews.com

तनहुँमा जुवा खालबाट ७ जना पक्राउ

काठमाडौं १९ कात्तिक। तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटारबाट प्रहरीले जुवा खेल्दै गरेका  ७ जनालाई पक्राउ गरेको छ ।  शुक्लागण्डकी–६ स्थित सापकोटा होटलमा जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरिएको तनहुँका प्रहरी उपरिक्षक एसपी अरुण पौडेलले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा शुक्लागण्डकी–११ घर भएका दिपक श्रेष्ठ, दिपक बिक, शंकर शर्मा, कमल थापा, ब्यास–१० घर भएका मोती कुमार श्रेष्ठ, बाग्लुङका टेक छन्त्याल र पर्वतका रबी गुरुङ रहेका छन् । मंगलबार साँझ डिएसपी युवराज तिमिल्सिना नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ९७ हजार ५ सय रुपैयाँ बरामद गरेको छ । अवैध रुपमा रकम हारजित हुनेगरी जुवा खेल्नेहरुलाई जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको एसपी पौडेलले बताए ।