Thursday, 26, November, 2020 info@saipalnews.com

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

भोजपुर २३ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको कालोपत्र सडकको आज उद्घाटन गर्नुभएको छ । जिल्लामा पहिलो पटक आस्पाल्ड प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु। १६ करोड ९२ लाख लागतमा  सो सडक कालोपत्र गरिएको हो ।

रायामाझी–जगदम्बा–मार्सेली जेभिले निर्माण गरेको यो सडकको लम्बाइ पाँच किलोमिटर रहेको छ । कालोपत्रको मोटाइ चार सेन्टिमिटर भएको जनाइएको छ । मुख्यमन्त्री राईले २०७६ वैशाख ७ गते उक्त सडकको शिलान्यास गर्नुभएको थियो ।

मुख्यमन्त्री राईले  प्रदेश सरकारको रु। पाँच करोड दुई लाख ६८ हजार लागतमा निर्माण हुने  भोजपुर सभाहल र रु तीन करोड लागतमा बन्न लागेको यलम्बर सभाहल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको उद्घाटन समेत गर्नुभएको छ । यस कार्यालयले भोजपुर र संखुवासभालाई सेवा दिने बताइएको छ ।