Thursday, 26, November, 2020 info@saipalnews.com

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौं २५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनीविरुद्ध विशेष अदातलमा आज मुद्दा दायर गरेको छ । सेवाग्राहीको जातीय विभेदसम्बन्धी मुद्दा मिलाइदिने भन्दै हवल्दार सहनीले रु चार लाख घुस लिएको आरोप लागेको छ ।

आयोगको टोलीले केही दिन पहिले सहनीलाई स्थलमै पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।