Saturday, 31, July, 2021 info@saipalnews.com

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज मात्रै २५६९ जनामा संक्रमण पुष्टि

काठमाडौंं २६ कात्तिक | नेपालमा आज थप २ हजार ५६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ६२ हजार २४३ रहेको छ भने हालसम्म १ हजार १७४ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २६ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।