Thursday, 03, December, 2020 info@saipalnews.com

५ वर्षपछि खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर

काठमाडौंं १ मंसिर | रानीपोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ । २०७२ को भूकम्पका कारण क्षति पुगेपछि बालगोपालेश्वरको मन्दिर बन्द थियो ।
यस मन्दिरमा दिदीबहिनी नहुनेहरूले पुजा गर्ने र टीका ग्रहण गर्ने चलन छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ ।
यस अघि भुकमपबाट क्षतिग्रस्त भएको मन्दिरभित्रको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । अघिल्ला वर्षहरुमा भाइटीकाको दिन सोही मुर्ति रानीपोखरीको बाहिर राखेर पूजा गर्ने गरिन्थ्यो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गरेकी थिइन् ।