Thursday, 03, December, 2020 info@saipalnews.com

प्रधानमन्त्री ओलीले लगाए बहिनीबाट भाइटीका

काठमाडौंं १ मंसिर | प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी काैशल्या काेइरालाको हातबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री ओलीको बहिनीले बालुवाटारमा आफ्ना दाजु र भाउजुलाई टीका लगादिएकी हुन् । सोही अवसरमा प्रधानमन्त्रीले पनि आफ्नी बहिनीलाई टीका लगाइ दिएका हुन् ।
काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले प्रधानमन्त्री ओलीको एक मात्रै बहिनीले भाइ टीकाकाे अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिएकी हुन् ।