Thursday, 26, November, 2020 info@saipalnews.com

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौंं ४ मंसिर | नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य ओरालो लागेको छ । बिहिबार सुनको मुल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि बिहीबार तोलामा १५ रुपैयाँमा घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच भएको छ ।