Thursday, 03, December, 2020 info@saipalnews.com

नेपालमा आज थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त

काठमाडौंं ५ मंसिर | नेपालमा आज थप १ हजार ९४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ९१ हजार २ रहेको छ भने हालसम्म १ हजार २९८ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २२ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ भने आज मात्रै ५ हजार ३६४ जना डिस्चार्ज भएका छन् ।