Thursday, 03, December, 2020 info@saipalnews.com

उपत्यकामा आज थपिए ११०७ नयाँ कोरोनाका बिरामी

काठमाडौंं ५ मंसिर  | काठमाडौं उपत्यकामा आज थप १ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ८६२, ललितपुरका १७४ र भक्तपुरका ७१ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।