Thursday, 26, November, 2020 info@saipalnews.com

नेपालमा आज थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु

काठमाडौंं ६ मंसिर | नेपालमा आज थप १ हजार ६७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ रहेको छ भने हालसम्म १ हजार ३०५ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ७ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।