Thursday, 23, September, 2021 info@saipalnews.com

८ हजार ३२ जनाको पीसीआर परिक्षण गर्दा थप १६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंं ७ मंसिर | नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । यस्तै, निको हुनेको संख्या १ लाख ९९ हजार २४ रहेको छ भने हालसम्म १ हजार ३२१ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका १६ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।