Saturday, 23, January, 2021 info@saipalnews.com

नेपालमा आज थप १७९०जनामा कोरोना संक्रमण पुष्टि, थप २४ को मृत्यु

काठमाडौंं ९ मंसिर | नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७९१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगको मन्त्रालयले जनाएको छ। मन्त्रालयले पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको जनाकारी दिएको छ। योसँगै मृतकको संख्या १ हजार ३३१ पुगेको छ।