Saturday, 23, January, 2021 info@saipalnews.com

उपत्यकामा आज थप ९४७ जनामा कोरोना संक्रमण

काठमाडौंं ९ मंसिर  | काठमाडौं उपत्यकामा आज थप ९४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६९२, ललितपुरका १९० र भक्तपुरका ६५ जना रहेका छन् ।
उनीहरुको स्वाब काठमाडौंका विभिन्न प्रयोगशालामा गरिएको थियो ।