Sunday, 24, January, 2021 info@saipalnews.com

नेपालमा आज थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि, थप २८ को मृत्यु

काठमाडौंं १० मंसिर | नेपालमा आज थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । यस्तै, निको हुनेको संख्या २ लाख ७ हजार ९९८ रहेको छ भने हालसम्म १ हजार ३८९ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २८ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।