Sunday, 24, January, 2021 info@saipalnews.com

नेपालमा आज थप १६१४ जनामा कोरोना संक्रमण, थप २३ को मृत्यु

काठमाडौंं ११ मंसिर | नेपालमा आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । यस्तै, निको हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ भने हालसम्म १ हजार ४१२ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २३ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।