Sunday, 24, January, 2021 info@saipalnews.com

उपत्यकामा आज एकैदिन थपिए ७८५ नयाँ कोरोनाका बिरामी

काठमाडौंं ११ मंसिर  | काठमाडौं उपत्यकामा आज थप ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित मिडिया ब्रिफिङमा जनाएअनुसार आज काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ६२०, ललितपुरका ११४ र भक्तपुरका ५१ जना रहेका छन् ।