Tuesday, 26, January, 2021 info@saipalnews.com

नेपालमा आज थप १७०३ जनामा कोरोना संक्रमण पुष्टि, थप २३ को मृत्यु

काठमाडौंं १२ मंसिर | नेपालमा आज थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । यस्तै, निको हुनेको संख्या २ लाख १० हजार ६७१ रहेको छ भने हालसम्म १ हजार ४३५ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २३ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।