Wednesday, 20, January, 2021 info@saipalnews.com

नक्कली नोटसहित पक्राउ

कञ्चनपुर १४ मंसिर । नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ । हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उहाँको भनाइ  छ ।