Sunday, 24, January, 2021 info@saipalnews.com

प्याराग्लाइडिङ दुर्घटनाका कारण

कास्की १५ मंसिर । कोरोना भाइरस महामारीका बीच पनि आन्तरिक पर्यटकले असाध्यै रुचाएको प्याराग्लाइडिङ भीड सराङकोटको डाँडोमा धानीनसक्नु भइरहेको छ । यस्तो अवस्थामा कात्तिक ८ गते भएको प्याराग्लाइङिले दुर्घटनाले आकाशमा उड्न चाहानेहरुलाई त्रसित बनाएको छ । पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुई दशक १९९९ नाघिसकेको छ ।

यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परेको छ । यस अघिका दुर्घटनामा सोलो एकल उडानका वा प्रशिक्षार्थी पाइलटहरु दुर्घटनामा पर्ने गरेका थिए तर यसपालि भने अनुभवी टेन्डम पाइलटले नै ज्यान गयो । गत सोमबारको दुर्घटनामा परेका प्यारा पाइलट राजु गैरे नेपाली ९३८० आफैंमा अनुभवी पाइलट भएका उनका सहकर्मीहरु बताउँछन् ।

विगत आठ वर्षदेखि पोखराको आकाशमा उडिरहेका हिमालय स्काइ एडभेन्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक एवं प्यारापाइलट माधव तिवारीले पाइलटले आफ्नो अनुशासन र उडानका नियम बाहिर जाँदा दुर्घटना हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य अवस्थामा दुर्घटना हुँदैन, कहिले काही मौसमको खराबी हुन सक्छ, नत्र उडान सुरक्षित नै हुन्छ । उडानको समयमा के गर्ने के नगर्ने नियमहरु हुन्छन् । ओभर कन्फिडेन्स भएर नियम विपरितका गतिविधि नै दुर्घटनाका कारण हुन् ।”

तिवारीले पाइलट नै बढी संवेदनशील भएर उडान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उडानबाट यात्रुलाई मनोरञ्जन दिने हो तर कतिपय पाइलट साथीहरु आकाश उडिरहेको बेला अन्य गतिविधि गर्दैै सुरक्षा संवेदनशीलता वेवास्ता गर्न पुग्नुहुन्छ ।”  उहाँले उडान समयमा फूल पात टिपेर दिने गर्दा दुर्घटना निम्ति सक्ने भएकाले यस्तो गतिविधिलाई रोक्नुपर्ने उहाँको भनाइ छ ।