Tuesday, 26, January, 2021 info@saipalnews.com

नेपालमा आज थप १३०४ जनामा कोरोना संक्रमण, थप २१ को मृत्यु

काठमाडौँ १६ कात्तिक | नेपालमा आज थप  १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । यस्तै, निको हुनेको संख्या २ लाख १६ हजार ५९४ रहेको छ भने हालसम्म १ हजार ५२९ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यकामा थपिएका संक्रमितहरुमा काठमाडौंका ४०९, ललितपुरका ८५ र भक्तपुरका ३६ जना रहेका छन् ।

यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका २१ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।