Tuesday, 26, January, 2021 info@saipalnews.com

नेपालमा आज थप १४९० जनामा कोरोना संक्रमण, थप ९ को मृत्यु

काठमाडौंं १७ मंसिर | नेपालमा आज थप १ हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । यस्तै, निको हुनेको संख्या २ लाख १८ हजार १६१ रहेको छ भने हालसम्म १ हजार ५३८ जनाको मृत्यु भएको छ ।
यस्तै, यसअघि नै संक्रमण पुष्टि भएका ९ जनाको उपचारका क्रममा ज्यान गएको मन्त्रालयले जनाएको छ ।