Wednesday, 20, January, 2021 info@saipalnews.com

पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं २६ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना संक्रमण देखिएको खड्काले ट्वीटरमार्फत जानरकारी दिए । दुई दिनदेखि आफूमा सामान्य लक्षण देखिएकाले सुरक्षित बसेको भन्दै बिहीबार बेलुकादेखि स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएपछि शुक्रबार कोरोना परीक्षण गराएको उनले बताए ।

कोरोना संक्रमणपछि खड्का होम आइसोलेसनमा रहेका छन् । पारसले शनिबारदेखि चितवनमा सुरु हुने गौतम बुद्ध कपमा पारसले गगुमाउने भएका छन् । उनले प्रतियोगिताको शुभकामना दिँदै आफू खेलमा उपस्थित हुन नपाएकोमा दुख व्यक्त गरेका छन् ।