Saturday, 31, July, 2021 info@saipalnews.com

इजलाशमा चोलेन्द्र आक्रोशः तपाई धम्कि दिन आको, ओली र हरिकृष्णको स्वार्थ बाझिँदैन् !

काठमाडौं १० पुष । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट उपर संवैधानिक इजलाशमा शुक्रवार सुनुवाई भयो । प्रारम्भिक सुनुवाई गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशले प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रतिनिधिसभा विघटनको लिखित कारण मागेका छन् ।

सुनुवाइको क्रममा केही रोचक घट्ना भए । संविधानको व्याख्या गर्न प्रधानन्यायाधीशसहित सात जना न्यायाधीशको रोष्टर हुन्छ । सिनियर मध्येका सातमध्ये आफूसहित पाँच न्यायाधिशको इजलाश तोक्ने अधिकार प्रधान न्यायाधीशलाई छ । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले रोष्टरमा रहेका तीन जना न्यायाधिशलाई आउट गरेर दुईजना जुनियर न्यायाधीश सम्मिलित इजलास गठन गरे ।

इजलाशमा अनिल कुमार सिन्हा र तेज बहादुर केसी को इन्ट्री भयो । आफुपछि दोस्रो बरियताका दीपक कुमार कार्की, ईश्वर खतिवडा र मीरा खड्कालाई चोलेन्द्र श्रीमानले इजलाशमा राखेनन् । संवैधानिक इजलाशमा रहेका हरिकृष्ण कार्कीमाथी प्रश्न उठ्यो ।

अदालतको कारवाही सुरु भएपछि वरिष्ठ अधिवक्ता डा। दिनेश त्रिपाठीले भने–‘हरिकृष्ण श्रीमान प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लोपटक प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता हुनुहुन्थ्यो । अहिले केपी शर्माकै सिफारिसमा संसद विघटन भएको मुद्धा हरिकृष्ण श्रीमानले पनि सुनुवाई गर्दा स्वार्थ बाझिन्छ, उहाँको निष्ठामा मलाई शंका छैन, तर स्वार्थ बाझियो भने राम्रो सन्देश जाँदैन् ।

प्रधानन्यायाधीश जबराले हरिकृष्णको बचाउ गर्दै जवाफ दिए, ‘त्यस्तो कुरा गर्न थाल्नुभो भने अन्तिममा म मात्रै बाँकी रहन्छु, यद्यपी तपाइले कुरा मैले स्विकार्न सक्दिनँ ।’ महान्यायाधिवक्ता अग्नि खरेलसँग एउटै ल फर्ममा अभ्यास गरेका न्यायाधिश हुन् हरिकृष्ण कार्की ।

उनी प्रधानमन्त्री ओली निकट मानिन्छन् । तीनै ओली प्रतिवादी भएको मुद्धामा स्वार्थ नबाझिने जबराको जिकिरपछि सबै चुपचाप भए । जुनियर न्यायाधिश राखेर बेन्च गठन गरेको बारे उनलाई कसैले सोधेनन्, ‘श्रीमान यस्तो किन भयो ? तर, बरिष्ठ अधिवक्ताहरु चिया गफ गर्दै थिए, ‘रोष्टरमा भएका वरिष्ठ न्यायाधीशलाई सुनुवाईको मौका नदिनु पनि नयाँ अभ्यास देखियो ।