Wednesday, 20, January, 2021 info@saipalnews.com

जसपाद्वारा रौतहटमा संसद विघटनविरुद्ध मसाल जुलुस

रौतहट ११ पुष । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीको नेता कार्यकर्ताले रौतहटको सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम भन्दै शनिबार बेलुका ५ बजेको समयमा जसपा कार्यकर्ताले सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको बिरुध मसाल जुलुस प्रदर्शन गरेका छन् ।

मधेसी क्रान्ति चौकमा कार्यकर्ताहरु भेलाहुँदा प्रहरीको हस्तक्षेप  बावजुद  कार्यक्रम सफल बनाएका छन्  । मसाल जुलुस पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पर्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाएका थिए ।

नेता यादवले आन्दोलनको बल आएको संघीयता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे  । कम्युनिस्ट पार्टीले संघीयता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे । कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल , रेवन्त झा,श्याम बिहारी यादव  लगायत नेता कार्यकर्ताको सहभागिता थियो ।