Thursday, 25, February, 2021 info@saipalnews.com

हामीले ट्याक्सीमा आगजनी गरेका होइनौँ, घुसपैठ भयो : प्रचण्ड–माधव समूह

काठमाडौं २२ माघ  नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दाबी गरेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् ।

यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ’ उनले भने ।बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।