Monday, 29, November, 2021 info@saipalnews.com

विद्यार्थी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ

कञ्चनपुर ११ फागुन । भीमदत्त नगरपालिका वडा नम्बर ९ मटैनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयकी एक छात्रा शिक्षकको कुटाइले घाइते भएकी छन्। प्रधानाध्यापक खड्कसिंह विष्टले कक्षा ९ मा पढ्ने छात्रा मनिका नाथलाई सोमबार कुटपिट गरेको आरोप छ। कुटपिटपछि उनी बेहोश भएकी थिइन्।

मनिकाको टाउकोमा चोट छ। उनको महाकाली अस्पतालमा उपचार भइरहेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।छात्रालाई कुटपिट आरोपमा प्रअ विष्टलाई प्रहरीले पक्राउ गरेको छ। खेलकूदमा सहभागी हुने विषयमा शिक्षकले भनेको नमानेको भन्दै विष्टले मनिकामाथि कुटपिट गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।