Friday, 26, February, 2021 info@saipalnews.com

नासाले कसरी खिच्यो रोवरल्यान्डिङ्गका तस्वीर ?

काठमाडौं ११ फागुन । अमेरिकी मार्स रोवर पर्सिभरेन्सुले जेजेरो क्रेटरमा ल्यान्डिङ्ग गरेको  आज पाँचौ दिन हो। गएको बिहीबार फेब्रुअरी १८ सन २०२१ मा यस यन्त्रमानवले मंगल ग्रहलाई आफ्नो नयाँ ठेगाना बनाएको थियो। यसले ओर्लिनासाथ  काम प्रारम्भ  गरेर मंगल ग्रहका तस्वीर आफू ओर्लेको केही घण्टा पछि नै पठाएको थियो।  रोवरले पठाएको तस्वीर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले प्रोसेस गर्नसाथ सार्वजनिक गरेको थियो।

संसारभरिका मीडियाले रोवरले पठाएको तस्वीर प्रकाशित गरे। यस क्रममा रातोपाटीले पनि शुक्रवार  नै मंगल ग्रहबाट प्राप्त तस्वीर प्रकाशित गरेको थियो। रोवरले मंगल  ग्रहका नयाँ नयाँ तस्वीर पठाउने क्रम जारी छ।  नासाले तस्वीर प्राप्त हुनसाथ आफ्ना विभिन्न ट्विटर अकाउन्टबाट ती तस्वीर विश्व सामु सार्वजनिक गर्छ। संसारभरिका  मीडियाकर्मी अहिले आफ्ना पाठकलाई यसबारे अपडेट गराउन नासाको नयाँ ट्वीटको प्रतीक्षा गरिरहेका हुन्छन् । रोवर पर्सिभरेन्सले हिजो सोमवार २२ फेब्रुअरीमा मंगल ग्रहका नयाँ तस्वीर पठाएको छ। यस तस्वीरलाई ुइमेज अफ द वीक भनिएको छ।

रातोपाटीले मंगल ग्रहबाट पृथ्वीमा आइपुगेका तस्वीर यथाशक्य शीघ्र प्रकाशित गर्दै आएको छ। त्यसो त शुक्रवार बिहान रोवरले ल्यान्डिङ्ग गरेको केही घण्टाभित्र नै रोवरले नेपाली समयअनुसार बिहीबार राति २ बजेर ४० मिनटमा ल्यान्डिङ्ग गरेको थियो  शुक्रवार बिहान ल्यान्डिङ्ग गर्दै गरेका तस्वीरका साथै जेट प्रपोल्सन लेबोरेट्रीमा खुशियाली मनाइरहेका तस्वीरका साथै विस्तृत समाचार प्रकाशित गरेको थियो। तस्वीर हेरेर र समाचार पढेर एकजना पाठकले प्रतिक्रियामा लेख्नु भयो होइन यो ल्यान्डिङ्ग गर्नुभन्दा पहिला त्यहाँ क्यामेरा लिएर को पुगेको थियो ?

विषयसँग सम्बन्धित प्रश्न–जिज्ञासा कहिल्यै पनि  बाहियात अथवा स्तरहीन हुँदैनन् ।  सबै कुरा सबै मानिसलाई थाहा हुने सम्भावना पनि हुन सक्दैन। तसर्थ विषयबारे स्पष्टता नहुँदा जिज्ञासा, आशंका र थप जान्ने रबुझ्ने चाहना हुनु स्वाभाविक नै हुन्छ।  विषय प्रस्तोताले प्रस्तुति विषयकाबारेमा उठेका प्रश्नलाई सकेसम्म सम्बोधित  गर्नुपर्छ। रातोपाटीको विज्ञान डेस्क यसलाई लिएर सचेत छ, विज्ञान पढ्ने पाठकसँग सधैँ सम्पर्कमा रही भर्चुअल संवाद गर्न उत्सुक र प्रेरित रहन्छ।

अहिलेको अमेरिकी मंगल अभियान मार्स रोवर पर्सिभरेन्स मंगलमा पुगेको पहिलो रोवर होइन।  हो अत्याधुनिक पुस्ताको न्यूक्लियर एनर्जीबाट सञ्चालित हुने तमाम वैज्ञानिक प्रयोग गर्नसक्ने उत्कृष्ट इन्जीनियरिङ्गको नमूना भने अवश्य हो। यसभन्दा पहिला पठाइएको रोवर अझै मंगल ग्रहमा सक्रिय छ।

मंगलमा पठाइएका सबै रोवरबारे छुट्टै लेख्नुपर्ने हुन्छ। पर्सिभरेन्स रोवरभन्दा पहिला अमेरिकाले  ६ अगस्त  २०१२ मा क्यूरोसिटी ( Curiosity ) नामक रोवर  पठाएको थियो। क्यूरोसिटी अझै पनि मंगल ग्रहमा विचरण गर्दै आफ्नो काम गरिरहेको छ। पर्खिनुस्,  पर्खिनुस्– हतार नगर्नुस्, क्यूरोसिटी  रोवरले नयाँ अमेरिकी रोवर पर्सिभरेन्सको स्वागत गर्दै ल्यान्डिङ्ग को तस्वीर खिचेको होइन। चाहेर पनि खिच्न सक्दैन।

ल अलिक गफ्फिऔं।  तपाईं पेरिसमा हुनुहुन्छ।  नेपालमा तपाईंको कुनै साथीभाइले हेलिकोप्टर किनेछ। तपाईंसँग अत्याधुनिक क्यामेरा छ, यसले जति टाढाको पनि स्पष्ट फोटो खिच्न सक्छ। तपाईंको साथीले हेलिकोप्टर उडाउँदै माछापुछ्रे अवलोकन गर्दैछ। उसले तपाईंलाई आफ्नो क्यामेराबाट हेलिकोप्टर उडदै  गरेको फोटो खिच्ने अनुरोध गर्यो।  तपाईं के गर्नु हुन्छ ? के फोटो खिच्न सक्नु हुन्छ ? तपाईंका आँखा अथवा क्यामेराका आँखाले अब्जेक्टलाई हेर्न सकेको भए फोटो खिच्न मुश्किल हुने थिएन। तपाईंले भाइ हेलिकोप्टर किनेको शान न देखा, म पेरिसबाट नेपालको आकाशमा उडिरहेको फोटो खिच्न सक्छु रु भनी झर्को मेट्नु भयो ?

गफमा अलिकति ट्विस्ट ल्याऊ।  तपाईं पेरिस होइन, पृथ्वीबाट ४०० किमी माथिको अन्तरिक्षमा उडिरहेको अन्तराष्ट्रीय अन्तरिक्ष स्टेशन ९ष्कक  ०मा हुनुहुन्छ।  साथीले फोटो खिचिदिन अनुरोध पठायो।  तपाईं  ओके भाइ भनी तस्वीर खिचेर उसलाई फेसबुक, म्यासेन्जर अथवा ईमेल गरी दिनु हुन्छ।