Friday, 26, February, 2021 info@saipalnews.com

प्रचण्डको प्रतिक्रिया : सहमतिबाटै अगाडि बढ्छौं,प्रतिगमनकारीसँग सहकार्य हुन्न

काठमाडौं ११ फागुन । सर्वोच्च अदालतले फैसला सुनाउँदै गर्दा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा थिए । उनीहरुले त्यही संसद पुनस्र्थापना भएको खबर सुने । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधबार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय भरतपुर पुगेका थिए । तर संसद पुनस्र्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने नेताहरुले बताएका छन् ।

पुनस्र्थापनाको खबर सुनेपछि प्रचण्ड र माधव नेपाल खुसी देखिएका छन् सहभागीहरुसँग खुसी साट्दै प्रचण्डले सबैलाई बधाइ दिए ।प्रचण्डले अब सहमतिबाटै अगाडि बढ्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रतिगमनकारीसँग तत्काल सहकार्य नहुने प्रष्ट पारे ।माधव र प्रचण्डका साथमा संसद विघटनविरुद्ध रिट दायर गर्ने कृष्णभक्त पोखरेल पनि साथमा थिए ।

सर्वोच्चको आदेश आएपछि उनले अनलाइनखबरसँग भने, ‘नेपाली जनताले आफैं लेखेको संविधानको जित भएको छ । अदालतप्रतिके जनआस्था सुदृढ भएको छ ।त्यसैगरी प्रचण्ड माधवका साथमा रिटमा बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले अनलाइनखबरसँग भने, संविधान लिकमा आयो । संविधानवादले जितेको छ । हामी खुसी छौं ।’