Wednesday, 21, April, 2021 info@saipalnews.com

चार दिनलाई त्रिविमा पठनपाठन बन्द

काठमाडौं १६ चैत । त्रिभुवन विश्वविद्यालय त्रिविले चार दिनका लागि पठनपाठन बन्द गर्ने भएको छ । त्रिविका परीक्षा भने जारी रहने त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले जानकारी दिएको छ । सरकारले वायु प्रदूषणलाई मध्यनजर गरी सबै शैक्षिक संस्था चार दिनका लागि बन्द  गर्ने निर्णय लिएपछि त्रिविले परीक्षा र प्रशासनिक कार्यलाई यथावत राख्दै पठनपाठन बन्द गरेको छ ।

महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, पूर्वनिर्धारित कार्य तालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू यथावत सञ्चालन गर्न निर्णयानुसार सूचित गरिन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै वायु प्रदूषणका कारण भन्दै चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो ।