Sunday, 09, May, 2021 info@saipalnews.com

बुढानिलकण्ठ नगरपालिकामा ३ करोडको लागतमा सुविधा सम्पन्न इन्द्रेणी पार्क बन्दै

काठमाडौं ६ वैशाख । काठमाडौंको विभिन्न स्थानका सार्वजनिक जग्गाहरु भूमाफियाको कब्जामा पर्र्दै आएको छन् । तर बुढानिलकण्ठ नगरपालिकाले भने नगरभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्न जुटेको छ । सार्वजनिक जग्गा कुनै माफियाको कब्जामा नपरोस्,भन्ने उद्देश्यले नगरपालिका सार्वजजिक जग्गाको संरक्षणमा जुटेको हो ।

सार्वजनिक जग्गा त्यसै छोड्दा अतिक्रमण हुने डरले नगरपालिकाले नगरभित्रका सबै वडामा बालमैत्री पार्क, अपाङ्गमैत्री पार्क, लगायतका पार्कहरु निर्माण गर्न लागेको छ । नगरपालिका र वागमती प्रदेश सरकारको सहयोगमा नगरपालिकाभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने काम भइरहेको वडा नम्वर २ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

अहिले वडा नम्वर २ को ११ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा जेष्ठ नागरिक कालिका इन्द्रेणी पार्क निर्माण भइरहेको छ ।

जो पार्कभित्र अन्य थुप्रै पार्क निर्माण हुने काम भइरहेको छ । ११ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा निर्माण भइरहेको पार्कको अनुमानित खर्च ३ करोड लाग्ने अनुमान गरिएको छ । तर हालसम्म २ करोड ५० लाखसम्म खर्च भइसकेको वडाध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै नगरपालिकाका अन्य वडामा पनि धमाधम पार्कहरु निर्माण भइरहेका छन् । जस्तै वडा नम्वर ३÷५ को सीमानामा आइतेवारे पार्क, वडा नम्वर ८ मा जगनाथदेवल पार्क, वडा नम्वर १० मा भुकुम्प स्मृती पार्क, वडा नम्वर १३ मा भद्रकाली पार्क निर्माण भइरहेका वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

देशभर सार्वजनिक जग्गा अतिक्रमण भइरहेका बेला बुढानिलकण्ठ नगरपालिका भने सार्वजनिक जग्गा संरक्षणमा जुठेको छ । जस्को आम–नागरिकबाट प्रसंशा समेत भएको छ ।