Wednesday, 12, May, 2021 info@saipalnews.com

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्रले लियो समर्थन फिर्ता

काठमाडौं ६ वैशाख । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगैं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । अविश्वास प्रस्तावको सामना गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।

सोमवार ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै माओवादी मन्त्रीहरु सरकारबाट बाहिरिएका हुन् ।  राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजेका लागि तय भएको बताए । तर उनले पोखरेलले क–कसलाई मन्त्री बनाउन लागिएको भन्नेबारे भने खुलाएनन् ।