Monday, 10, May, 2021 info@saipalnews.com

पूर्वराजा ज्ञानेन्द्र शाहमा कोरोना संक्रमण : भारतमै भयो कि नेपालमा ?

काठमाडौं ८ वैशाख । आइतबार १८ अप्रिलमा भारतबाट स्वदेश फर्किनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमित भएको खबरले अचम्मित बनायो । उहाँ नयाँ दिल्लीबाट काठमाडौं आउनुभएको हो ।  दिल्ली विमानस्थलमा कोरोना नेगेटिभ रिपोर्ट नभएसम्म पस्न पाइँदैन ।  प्राप्त समाचारअनुसार उहाँले १७ अप्रिल शनिबार कोरोना परीक्षण गराउनुभएको थियो ।

उहाँले मात्रै होइन, टोलीमा रहेका सबैजना सदस्यले कोरोना परीक्षण नगराएसम्म हवाई यात्रा गर्नु त टाढै, विमानस्थलमा पस्न सक्ने परिस्थिति छैन दिल्लीमा । अर्थात्, आइतबार काठमाडौंमा ओर्लिनु अघिल्लो दिन शनिबार १७ अप्रिलसम्म उहाँमा कोरोना संक्रमण थिएन । १८ अप्रिलका दिन उहाँ काठमाडौं आइपुग्नुभयो । काठमाडौंमा ओर्लिँदा विमानस्थलमा उहाँका फलोअर्सले भव्य स्वागत गरे । उहाँ जुलुसकै रूपमा आफ्नो निवास पुग्नुभयो । मंगलबार २० अप्रिलका दिन उहाँ कोरोना संक्रमित भएको खबर आयो ।

यस पंक्तिकारले १३ अप्रिलका दिन उहाँ हरिद्वारमा रहँदा दोस्रो पटक  भेटेको थियो  । तत्पश्चात् उहाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीमा उहाँ अशोका होटलमा रहनुभएको टोलीका एकजना सदस्यबाट खबर प्राप्त भएको थियो । दिल्लीमा रहँदा शनिबार १७ अप्रिलसम्म उहाँलाई कोरोना संक्रमण भएको थिएन ।  उहाँलाई दिल्लीमा कोरोना संक्रमण हुने सम्भावना अति न्यून छ । किनभने, शनिबार दिल्लीमा उहाँको स्वाब लिँदासम्म उहाँलाई संक्रमण भइसकेको थिएन ।

स्वाब दिएपछि उहाँ दिल्लीमा के–कति र कस्ता कार्यक्रममा सहभागी हुनुभयो, त्यसबारे यकिन साथ केही भन्न सकिँदैन ।  यो उहाँ र उहाँको टोली गणलाई थाहा हुने कुरा हो । तर, सामान्य अध्ययन विश्लेषणले अनुमान गर्न सकिन्छ, उहाँ दिल्लीमा संक्रमित हुने सम्भावना अति अल्प छ ।

विमान यात्राका दौरान पनि संक्रमित हुने सम्भावना न्यून  नै छ । काठमाडौंको विमानस्थलमा ओर्लिँदा उहाँको र सम्पूर्ण टोलीको कोरोना परीक्षण हुनुपर्थ्यो ।  यसो भएको भए उहाँ भारतमै संक्रमित भएको अथवा नभएको प्रमाणित हुन्थ्यो ।

अप्रिल १ देखि भारत प्रवेश गरेको यस पंक्तिकारले पहिलो पटक ५ अप्रिलका दिन पुवायां, शाहजहांपुरको सरकारी अस्पतालमा कोरोना परीक्षण गरेको थियो ।  तत्पश्चात ११ अप्रिलमा ज्ञानेन्द्र शाहलाई हरिद्वारको चण्डीघाटस्थित स्वामी कैलाशनन्दजीको दक्षिणकाली आश्रममा भेट्न जानुअघि दोस्रो पटक परीक्षण गरेको थियो ।

भारतबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, निर्मलनिवासमै सेल्फ आइसोलेसनमा ​१२ तथा १४ अप्रिलको शाही स्नानमा सम्मिलित भएपछि हरिद्वार छाड्नुअघि १५ अप्रिलमा पुनः हरिद्वारमै यस पंक्तिकारले कोरोना टेस्ट गरेको थियो । १७ अप्रिलको बिहान धनगढ़ी प्रवेश गर्न लाग्दा पुनः परीक्षण गरिएको थियो ।