Sunday, 09, May, 2021 info@saipalnews.com

मेसीको दुई गोलमा बार्सिलोना विजयी

एजेन्सी । लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ ।  मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए । तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि बार्साले फेरि अग्रता बनायोे । ३३ औं मिनेटमा मेसीले दोस्रो गोल गरेपछि बार्सा ३–१ ले अघि बढ्यो ।

गेटाफेबाट ६९ मिनेटमा पेनाल्टीमार्फत इन्स नालले गोल फर्काएका थिए । तर, ८७ औं मिनेटमा रोनाल्ड अरुजो र इन्जुरी समयमा एन्टोनिया ग्रिजम्यानले एक एक गोल गर्दै बार्सालाई ५–२ को जीत दिलाए । जीतसँगै बार्साले ३१ खेलबाट ६८ अंक जोडेको छ । समान ३२ खेलबाट ७३ र ७० अंंक जोड्दै एथलेटिको म्याड्रिड र रियल म्याड्रिड क्रमश पहिलो र दोस्रो स्थानमा छन् । चौथो स्थानको सेभियाले ३२ खेलबाट ६७ अंक बटुलेको छ ।