Sunday, 09, May, 2021 info@saipalnews.com

पत्तै हुदैन समय बितेर जान्छ

पत्तै हुदैन समय बितेर जान्छ यस्तै यस्तै गरेर।

र जान्छौ छोडेर संसार आँखिर एकदिन मरेर।

कात्रोमा गोजी हुँदैन गोजी भएको कात्रो हुन्न

लैजान मिल्दैन के गर्छौ व्यर्थ त्यो गोजी भरेर।

तिम्रो मेरो उद्देश्य नमिलेर म बर्बाद भएको हूँ

मिल्ने माला-माल भएका छन तिम्रो भर परेर।

अभागी पुर्पुरो सङ्गै जान्छ भन्थे रहेछ क्यार,

भाग्य कहाँ सर्छ तिमीले गए पनि डेरा सरेर।

एक जुनि आनन्दसंग बाँच्न पाए पुगेको छ

स्वर्ग जाने हतारो छैन मलाई बैतरणी तरेर।

स्थानले औकात बनाउँदो रहेछ बल्ल बुझे

कुल्चिन्छ फूलहरू जब खस्छ भुइँमा झरेर।