Sunday, 09, May, 2021 info@saipalnews.com

गण्डकी प्रदेशसभामा दिपक मनाङेले मागे छुट्टै ठाउँ

पोखरा १३ वैशाख । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दिपक मनाङे) ले प्रदेशसभामा स्वतन्त्र सांसदका लागि छुट्टै चेयरको ब्यवस्था गर्न माग गरेका छन् । २०७४ को प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रुपमा मनाङ ‘ख’ बाट निर्वाचित दिपक मनाङेले आफु स्वतन्त्र सांसद भएकाले छुट्टै बस्ने ठाउँको ब्यवस्था मिलाउन माग गर्दै संसद सचिवालयमा निवेदन दर्ता गराएका हुन् ।

निर्वाचित भएको सात महिनापछि सपथ लिएका उनी २०७६ असारमा नेकपामा प्रवेश गरेका थिए । उनी पार्टी प्रवेश गरेको लिखित जानकारी नेकपाले संसद सचिवालयमा पठाएको थिएन । सर्वोच्च अदालतले नेकपाको विगठन गरेपछि उनी आफु स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि मनाङेले आफु सहितका साना दलहरूको सल्लाहमा मुख्यमन्त्री दावी गर्ने बताउँदै आएका छन् ।