Sunday, 09, May, 2021 info@saipalnews.com

विश्वविद्यालयद्वारा अनिश्चितकालका लागि परीक्षा स्थगित

पोखरा । पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वविद्यालयले सोमबार परीक्षा सञ्चालन गर्ने तयारी गरेपनि सरकारको निर्णय आएपछि अर्को सूचना नभएसम्म सम्पूर्ण परीक्षा रद्द गरेको जनाएको छ ।

परीक्षा नियन्त्रक प्रा।डा।टेकराज ज्ञवालीले सरकारको नयाँ निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुला रहने बताउँदै सवै प्राध्यापकहरूलाई अनलाईन माध्यमबाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा।डा। प्रेम नारायण अर्यालले अनुरोध गरेका छन् ।