Sunday, 09, May, 2021 info@saipalnews.com

दिलिप र उर्मिलाको माया बैगुनी सार्वजनिक

काठमाडौं १५ वैशाख । चर्चित कलाकार   दिलिप रायमाझी र गायिका उर्मिला लाम्गादेको अभिनयमा रहेको म्युजिक भिडियो माया बैगुनी सार्वजनिक भएको छ।

न्युयोर्क निवासी गायिका उर्मिला लाम्गादेको स्वर रहेको यस गीतमा  बसन्त सापकोटाको शब्द , संगीत रहेको छ।  प्रेमिल शैलीको यस गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।

अमेरिकामा छायांकन गरिएको यस भिडियोलाई  प्रज्वल पन्तले छायांकन गरेका हुन्। भिडियोमा बिष्णु खड्काले सम्पादन रहेको छ।   बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

https://www.youtube.com/watch?v=9DlfEPUVf6U&feature=youtu.be